आन्तरिक रेमिटेन्समा कारोबार गर्दा २५ हजारभन्दा बढी गर्न नपाउने प्रावधान ल्याएको छ। मुलुकको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उसका सब–एजेन्टमार्फत गरिने आन्तरिक रेमिट्यान्स स्थानान्तरणको सीमा घटाइएको छ । अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाउने भएका छन् । यो व्यवस्था बैंकिङ प्रणालीमार्फत हुने रकम स्थानान्तरणका लागि भने होइन अर्थात बैंकिङ कारोबार गर्दा चाहिँ यो नियम लागू हुँदैन ।

विदेशबाट हुन्डीमार्फत रेमिट्यान्स भित्रिँदा विदेशी मुद्रा नेपाल आउँदैन, विदेशमै रहन्छ । तर, नेपालमा रहेका हुन्डीका एजेन्टले सम्बन्धित व्यक्ति पैसा प्राप्त गर्ने परिवारसम्म वित्तीय प्रणालीमार्फत पैसा पुर्‍याउँछन् । यस प्रक्रियामा हुन्डी कारोबार सञ्चालक र रेमिट्यान्स कम्पनीहरूको मिलेमतो रहेको राष्ट्र बैंक स्रोतको दाबी छ । यो प्रक्रियाका लागि हुन्डी कारोबारीहरूले पिन कोडसहित नै सम्बद्ध घरपरिवारलाई पैसा पठाइरहेका हुन्छन् ।

हुन्डी कारोबारीले पिन कोड मार्फत सुचना आदानप्रदान गर्न गर्दछ। त्यही कोडमार्फत परिवारका सदस्यले बैंकमा गएर पैसा बुझ्छन् । उनीहरूले बैंकमार्फत विदेशबाट पैसा आएको रिसिप्ट बाट पाउँछन् । यसरी हुन्डीलगायत अनौपचारिक रूपमा आएको कालो धन नेपालमा आएर बैंकिङ प्रणालीमार्फत सेतो भइरहेको राष्ट्र बैंकले अनुसन्धान थाहा भएको छ । यो क्रमलाई कसरी नियन्त्रण गर्ने भन्ने सम्बन्धमा राष्ट्र बैंक, प्रहरीलगायत सरोकारवालाहरूबीच पटक–पटक छलफल भइसकेको छ । जसबाट प्राप्त सुझावका आधारमा हाल आन्तरिक रेमिट्यान्सका लागि राष्ट्र बैंकले तोकिदिएको दैनिक १ लाख रुपैयाँसम्मको कारोबार सीमा घटाएर २५ हजार रुपैयाँमा झारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय