साउन ३० काठमाडौ /बागमती अन्लाईन खबर प्रतिनिधिसभा सदस्य माननीय जीवनराम श्रेष्ठले आफ्नो निर्वाचनक्षेत्र काठमाडौं क्षेत्र नं ८ अन्तर्गत कामपा १५ वडा मा अवस्थित छाउनी गणेश मन्दिर, प्रगति मुख मार्ग, छाउनी किमडोल मार्ग, छाउनी गल्ली मार्ग र बाहिति क्षेत्रमा कोभिडको महामारी बाट कसरी बच्ने भनी जनचेतनामुलक अभियान सन्चालन गर्नुभयो । उक्त अवसरमा माक्स, हातधुने साबुन र चेतनामुलक क्यालेन्डर घरघरमा बितरण गर्नु हुदै तथा  कोभिड-१९ पोजिटिभ भएकोलाई बस्न आनन्दकुटी आईसोलेशन केन्द्र स्वयम्भुमा नि:शुल्क सन्चालनमा रहेको समेत जानकारी गराउनु भएको छ।
कार्यक्रममा कामपा १५ वडाका अध्यक्ष एवम कामपाका प्रवक्ता ईश्वरमान  डंगाेल, कामपा १५ वडाका सदस्यहरु मैयाँलक्ष्मी महर्जन र स्थानीय राजु महर्जन, बिष्णु जोशी लगायतका ब्यक्तिहरुको उपस्थिति रहेकोे थियोे ।    माक्स लगाउन प्रेरित गर्नुहुदै।
“कोभिडबाट आफू पनि बचौं ! अरुलाई पनि बचाऔं !”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय