कुसुमकुमार कार्कीले आफू निर्वाचित भए पश्चात आफ्नो मुल एजेन्डा “आर्थिक एजेन्डा मार्फत समृद्धिको प्राप्ति ” रहेको त्यसैले बर्तमान निर्वाचनमा आफुलाइ भोट हाल्नुपर्ने एक अंतरवार्ता कार्यक्रममा बताएका छन । साथै आफुले समृद्धि हासिल गर्नेको लागि बिकासको खाका समेत बोकेर सोही सम्बन्धि यस अघि निर्वाचित भएर प्रदेशसभामा कानुन निर्माणतहमा आफुले भुमिका खेलेको भनी स्पस्त पारेका हुन ।

कुसुमकुमार कार्की निर्वाचन क्षेत्र नम्बर ४ का लागि नौलो र नया अनुहार नरहेको एवं सोही क्षेत्रमा लामो समय देखि जनताको सेवामा रहि बिकासका पुर्वाधार निर्माणमा समेत उल्लेखनीय भुमिका मार्फत उक्त क्षेत्रको बिकासमा सकृय रहेका छन । नेता कार्कीले यस अघिको कार्यभार सफलता पुर्वक सम्पन गरिसकेका छन भने पुर्न एकचोटि प्रदेशसभा सदस्यको मैदानमा आएका अनुभवी नेताको प्रतिद्वन्द्वीको रुपमा नेकपा एमालेको तर्फबाट जयराम थापा छ्न भने गठबन्धनको उम्मेदवारको रुपमा कुसुमकुमार कार्कीको उम्मेदवारि रहेको छ ।

नेता कार्की नेकपा एकीकृत समाजवादीका तर्फ गठबन्धनको उम्मेदवार हुन । उनले प्रदेशमा पर्यटन नीति निर्माणमा मिहिनत गरेको समेत राष्ट्रपाटी अन्लाईन न्युजको एक कार्यक्रमम बताएका छ्न र निर्वाचन जितेर गैसकेपछी पनि पर्यटन मार्फत नै आर्थिक पक्ष सबल बनाइ आर्थिक समृद्धि हासिल गर्ने बिषयमा आफू स्पस्ट रहेकोे र पर्यटन मार्फत नै काठमाडौ क्षेत्र नम्बर ४ मा आर्थिकस्तरमा वृद्धि हुने भनी बताएका हुन ।

काठमाडौ क्षेत्र नम्बर ४ सामाजिक-सास्कृतिक एवं प्राकृतिक विविधताले भरिपुर्ण क्षेत्रको रूपमा रहेको हुँदा यस क्षेत्रमा आन्तरिक तथा बाहय पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको हुँदा पर्यटनबाट बिकास हुने बिषयमा कुनै दुइमत होला ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय