काठमाडौ    /  उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको काठमाडौको पुर्वी भेगको लागि कागेस्वरी मनहरा नगरपालिका वडा नम्बर ४ ब्राह्मखेलमा सदस्यहरुको सुविधाका लागि सदस्य सेवा केन्द्र संचालनमा ल्याएको छ।

उक्त साकोसको सेवा केन्द्र बिस्तार कार्यक्रम लाई सम्बोधन गर्नुहुँदै कागेस्वरी मनहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले शुभकामना व्यक्त गर्नु भएको थियो।उहाँले देशमा अर्थतन्त्रको महत्त्वपूर्ण भुमिका सहकारी क्षेत्रको पनि हुनेहुँदा पुर्वीभेगको अब्बल सहकारी बन्ने बिश्वास व्यक्त गर्नु भएको थियोे।

कार्यक्रममा उज्यालो संपद साकोसका अध्यक्ष रमेशप्रसाद तिम्लसिनाले साकोसका सदस्यहरु लाई सहज अनि सुबिधालाई मध्यनजर गर्दै सदस्य सेवा केन्द्र संचालनमा ल्याएको र संस्थाको निति अनुसार सदस्यहरु बढी भएको ठाउँहरुमा सेवा केन्द्र बिस्तार गर्दै लैजाने योजना समेत रहेको कुरा जानकारी प्रदान गर्नु भएको थियो ।

उज्यालो संपद साकोसको हाल सम्म आउँदा कुल सदस्य संख्या २५६० जना रहेकोे तथा शेयरपूंजी ४ करोड ३९ लाख रहेकोे छ भने संस्थाको बचत तथा निक्षेप ३५ करोड,ऋण तथा लगानी २९ करोड,कुल सम्पत्ति ४३ करोड रहेकोे छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय