उत्तेजित नहुन र धैर्यता कायम गर्न आह्वान गर्दै सहकारी संघ को विज्ञप्ति जारि गरेको छ विज्ञप्तिमा देश दिनानुदिन वित्तिय संकटमा गुज्रिदै गरेको अवस्थामा विगत लामो समय कोभिड १९ को असर स्वरुप वित्तिय वजारमा हाल तरलता अभाव देखिएको छ ।देशको विद्यमान तरलता संकट सहकारी क्षेत्र भित्र समेत नराम्रो तरिकाले प्रवेश गरेको कारण सहकारीमा वित्तिय कारोवार गर्ने सहकारी कर्मीहरुको मनोवल कमजोर जस्तो देखिएको छ ।
देशभर ३० हजार भन्दा बढी सहकारीमा ७० लाख भन्दा बढी सदस्यहरु कुनै न कुनै माध्यम वाट जोडिनु भएको कारण आफु संलग्न रहेको संस्था प्रति सदस्य उत्तरदायी बनी चिन्ता जाहेर भैरहेको प्रति जिल्ला सहकारी संघ लिमिटेड काठमाडौं ऐक्यबद्धता जाहेर गर्दै तरलता संकटमा सहकारी संस्था प्रति सदस्यहरु लाई तरलता अभावकै कारणले उत्तेजित नहुन र धैर्यता कायम गर्न आह्वान गर्दछ गर्दै सहकारी संघ को विज्ञप्ति
यो तरलता समस्या समाधान गर्नका लागि सहकारीका संचालक तथा जिम्मेवार पदाधिकारी लाई क्षमताले भ्याए सम्म अधिकत्तम प्रयास गर्न अनुरोध गर्दछौ साथै सहकारीका सदस्यहरु लाई धैर्यता पूर्वक संयम रहन अपिल गर्दै वर्तमान तरलता संकट शिघ्र समाधान हुनेमा विश्वस्त छौ । जिल्ला सहकारी संघ लि वर्तमान समस्या समाधानका लागि अविरल लाग्दै छाता संघहरु र नियमन निकाय लगायत सहकारी संघ संस्थाहरुका विचमा सहजीकरणको लागि भुमिका निर्वाह गरिरहेकोले जे जस्ता प्रकारका समस्या आउछन सम्पूर्ण सहकारी कर्मी मिलेर समाधान गर्ने हाम्रो संस्कृती र परम्परा रहेकोले यो तरलताको विषम परिस्थितीमा नआत्तिन र भ्रमपूर्ण हल्लाको पछि नलाग्न सम्पूर्ण सहकारी कर्मी सदस्य संघ संस्था लगायत आवद्ध सवैमा हार्दिक अनुरोध गर्दछौ भनी उल्ल्लेख गरिएको छ ।







