नेपाल विद्युत प्राधिकरणको बार्षिक उत्सव आयोजना भएको एक कार्यक्रममा बिजुलीको लाइन काटिनु भनेको घाँटी काट्नु जस्तै हो भन्दै उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताएको छन्। मन्त्रि खडकाले एक कार्यक्रममा आफ्नो बिचार राख्दै उधोगको बिजुली लाइन काट्नु भनेको राम्रो नहुने भनी त्यस्स्तो अभिव्यक्ति दिएका हुन्।
शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था हुँदाहुँदै विद्युत प्राधिकरण अन्तिम निर्णायमा पुगेर लाइन काटेको आरोप लगाए।’कसैले विद्युत प्रयोग गरेबापत पैसा तिर्नुपर्छ। त्यसको मूल्य निर्धारण भएको छ। तर तिर्नुपर्ने भनिएको कुरा न्यायोचित छ कि छैन यसमा राज्यले ध्यान दिन जरूरी छ,’ उनले भने।
मन्त्रि खड्काका अनुसार काम गर्दा पनि प्राधिकरणले तालमेल मिलाएर गर्न नसकेकोले तालमेल मिलाएर काम गर्न नसक्दा बनिसकेका आयोजनाको बिजुली खेर गइरहेको भन्दै उनले बताएका हुन्।







