काठमाडौं । नेपालले आज हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ।एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा उज्वेकिस्तानको जेएआर स्टेडियममा आज नेपाली समय अनुसार ३ः४५ खेल सुरु हुनेछ ।
समूह एफ मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो। त्यो खेलमा नेपाल २(१ ले पराजित भएको थियो। अन्तिम केहि मिनेट सम्हालिन नसक्दा नेपाल सुरुवाती अग्रता बनाएर पनि पराजित भएको थियो।







