असोज २८ काठमाडौ/बागमती अन्लाईन खबर
“प्रबासमा फजुल खर्च घटाऔं असहाय माथि सहयोगी हात बढाऔं”मातृभुमि प्रतिको माया र दायित्व बहन गर्ने क्रममा एन.आर.एन अमेरिकाकि उपाध्यक्ष दिक्षा बस्नेतले एउटा अभियान नै चलाएकी छिन। बिगत केहि सालदेखी आफ्नो जन्मदिन धुमधामसंग अमेरिकामा नमनाइ किर्तिपुर स्थित माया घरमा आश्रीत करीव ३० जना बालाबालिकालाई माया र भावना साट्दै आफ्नो जन्मदिन प्रवास बाटै भएपनी स्वदेशमा मनाउदै आएकी छिन।
प्रमुख अथिति नेपाल महिला संघ कि केन्द्रिय सल्लाहकार एबम ने का कि नेतृ श्रीमति सृजना सिंह,अथितिहरु ने का कीर्तिपूरका सभापति कृष्ण मान डंगोल ,वडा अध्यक्ष राजेन्द्र बानिया तथा कार्यक्रमको सभापति देभ गंगा श्रि फाउन्डेसनका अध्यक्ष पूर्ण चन्द्र बानिया कार्यक्रमको संचालन ने बि संघ क्षेत्र न १० का नेता मिलन बिष्टले गर्नु भएको थियो भने अन्य सहयोगीका साथ मुरारी भट्टराई एवम सुबाश भण्डारीले अमेरिका बाट यो अभियानमा साथ दिएको मा धन्यबाद ने का स्थानीय नेता हरु लाई धन्यबाद ज्ञापन माया घर की संचालिका दुर्गा पौडेल ले गर्नु भएको थियो भने NRNA अमेरिका कि उपाअध्यक्ष दिक्षा बस्नेतको माया घर लाई गर्दै आऊनु भएको सहयोग को मुक्तकंठले बक्ताहरु ले प्रशशा गर्नु भएको थियो १ महीनाको लागी खाद्यान्न एबम जोडी कपडा एबम ५०० थान मास्क बितरण गरिएको थियो।
बिशेष गरेर देव गंगा फाउन्डेसनका अधयक्ष पुर्ण चन्द्र बानिया र स्थानिय ब्यक्तित्व हरुको पहलमा सम्पन्न करिब २५/३० जना बालबालिकालाई दशैको अबसरमा नयाँ लुगा सहित भोजन तथा स्थानिय ब्यक्तीहरु बिच चियापान गराइ आफु प्रबासमा भएपनी मातृभुमिमा जन्मोत्सब मनाउन पाएकोमा भाग्यमानी ठान्दै माया घरकी अध्यक्ष दुर्गा आचार्य लाई धन्यबाद दिदै सम्पुर्णलाई यस्ता अभियानहरुमा जुटन अनुरोध गरेकी छिन।
समाजसेवामा जहिले सक्रिय हुने दिक्षा बस्नेतले चाहे बाढिपहिरो पिडितलाई होस या एसिड आक्रमणबाट पिडित युवतीलाई उपचारको लागी आर्थिक सहयोग जुटाउने देखी लिएर, पेन्डामिक समयमा पनि पटक-पटक राहत बितरण प्रदान गर्दै बिभिन्न माध्यमबाट मातृभुमी नेपाल प्रती व्यक्तिगत रुपमा र संस्थागत रुपमा असाध्यै सक्रिय भुमिका मार्फत अभियानमा कृयासिल रहनु भएको छ ।नेपाल लगायत अमेरिकामा पनि लैङ्गकि विभेद , घरेलु हिंसा, प्रबासमा महिलाका समस्या, महिला सशक्तिकरण जस्ता मुद्दाहरुमा बिशेष जोड दिदै आएकी बस्नेत आफ्नो जिबनको अन्तिम क्षणसम्म आफुलाई सामाजिक सेवामा अर्पण गर्ने दृढ़ बिश्वासका साथ लाखौको संख्यामा प्रबासमा बस्ने सम्पुर्ण दिदिबहिनी हरुलाई यस्ता अभियान चलाई बिदेशको फजुल खर्च जोगाइ स्वदेशका असाहय वृद्धबुबाआमा र बालबालिकासंग भाबनात्मक साइनो गास्न आह्वान गरेकी छिन।







