नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आक्रमण गर्ने महेश राईलाई प्रहरीले रोक्न खोज्दाखोज्दै भीडमा पसेको खुलेको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार उनलाई शंका लागेर सुरक्षामा खटिएका प्रहरीले फूलमाला लगाउने लाइनमा जानबाट रोक्न खोजेका थिए । तर, एमाले कार्यकर्ताकै सहयोग लिएर स्वागत गर्ने लाइनमा पुगेका उनले अध्यक्ष ओलीको टाउकोमा मुड्की हान्ने प्रयास गरेका हुन् ।
डीआईजी बाँस्तोलाले भने उनले आक्रमणकारी राईले मादक पदार्थ सेवन गरेको पनि खुलेको जानकारी दिए । संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि बिहीबार आक्रमण भएको हो । मध्यपहाडी संकल्प यात्राको क्रममा भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महेशले ओलीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।







