असार १३ ,काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बिहान ९ बजे बसेको थियोे । उक्त बैठक बालुवाटारमा बोलाएको हो भने आज बोलाइको पार्टी स्थायी कमिटी बैठक बारे कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको थियोे ।
श्रोतका अनुसार आजको बैठकमा मुख्य गरि पछिल्लो राजनीतिक अवस्था बारे छलफल र पार्टी एकताका लागि भइरहेका प्रयासबारे छलफल गरिएको हो ।
पार्टी एकताको लागि निरन्तर दोस्रो तहका नेताहरूले छ्लफल गरिरहेको तर त्यस बाट अहिलेसम्म ठोस निर्णय हरु लिएर अगाडि बढ्न सकेको भने छैन।
हिजो मात्र विपक्षी गठबन्धनका एमाले बरिस्ठ नेता माधबकुमार नेपाल सहित माओवादी केन्द्र ,काङ्ग्रेस ,जसपा यादव समुहका नेता लगायत सामुहिक पत्रकार सम्मेलन आयोजना गरिएको थियोे
एमाले स्थायी कमिटीमा हाल १९ जना सदस्य रहेका छन् ।







