बैशाख ८ / माध्यामिक तहको शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ।शुक्रबार देखि सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लाको परीक्षा केन्द्रमा पुगिसकेको राष्ट्रिय परीक्षा बोर्ड(एसईई)ले जनाएको छ।
एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीकाले दिएको जानकारी अनुसार परीक्षाको सबै तयारी पूरा भएको छ। यो वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।
देशभरका ११ हजार ६१५ र नेपालीले जापानमा सञ्चालन गरेको एभरेस्ट स्कुलबाट २० विद्यार्थी सहभागी हुँदैछन्। प्राविधिकतर्फ देशभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।
अघिल्लो बर्ष कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आन्तरिक मूल्याकंनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो तर हाल खोपको विद्यार्थीलाई पुर्ण ब्यवस्था गरिसकेको लगायत बिधालयहरुमा खोप कार्यक्रम आयोजना गरिसकेको हुनाले भौतिक उपस्थितिसहित परीक्षा हुनेछ।प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्तांक पठाएपछि रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्नेछ।







