असार,२७ काठमाडौ /ओलम्पिक दिवस २०२१ को शुभ अवसरको दिन नेपाल ओलम्पिक कमिटी अन्र्तगत पिस थु्र स्पोर्ट्स कमिशन तथा स्पोर्ट्स एण्ड ईन्भरमेण्ट कमिशनको संयुक्त आयोजनामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा कीर्तिपुरको ताहाँल्चा झःख्याः मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा माननीय श्रेष्ठज्युले यस्तो प्रकारको कार्यक्रमले स्पोर्ट्समा सकरात्मक प्रभाव पर्ने तथा बाताबरणमा यसले थप टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भएको थियो । साथै वहाँले कीर्तिपुरका मेयर तथा उपमेयर ज्यु लाई कीर्तिपुरमा ओलम्पिक वन निर्माण गर्नको लागि खाली ठाँउको माग गर्नू भएको थियो ।
उक्त कार्यक्रममा किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव माननीय तुलसा थापा, सदस्य राम अवाले, कमिशनका पदाधिकारीहरु तथा स्थानियवासीको बाक्लोे उपस्थिती रहेको थियो । कार्यक्रम पिस थु्र स्पोर्ट्स कमिशनका महासचिव अन्जु भट्टराईले सञ्चालन गर्नुभएको थियो ।







