काठमाडौँ ।लामो समयदेखि सघन उपचार गराइरहेकी कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ। घिमिरेको बुधबार साँझ मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्था सुध्रेको थिएन । लगातार अक्सिजन दिएर राखिएकी निशालाई पाइपबाट खाना खुवाउने गरिएको थियो ।
दुर्घटनामा घाइते भएकी निशाको पछिल्लो समय मुटु र मृगौलाले काम गर्न छाडेको र स्वास्थ्य स्थिति बिग्रेको अस्पतालले जनाएको छ ।







