का.म.पा १५ को डेंगू रोगको रोकथाम सम्वन्धमा सर्वसाधारणका जरुरी सुचना प्रकाशित गरेको छ।

सूचनामा वर्षायामको समयमा यस रोगबाट कसरी बच्ने भनी शुरुवातसंगै काठमाडौँ उपत्यकामा डेंगू रोगको प्रकोप बढ्दै गइरहेको छ। यो रोग एडिज जातको लामखुट्टले दिउसोको समय ( विशेष गरि सांझ पर्ने बेलामा) टोक्नाले मानिसमा सर्दछ । यसबाट जोगिने उपाय भनेको लामखुट्टको टोकाईबाट जोगिनु नै हो।

एडिज जातको लामखुट्टेले जमिराखेको सफा पानीमा अण्डा पारेर आफ्नो वृद्दी विकास गर्दछ। अतः सम्पूर्ण वडाबासीहरुलाई यसबाट जोगिने रोकथामका उपायहरु अवलम्बन गर्नकालागि अनुरोध गर्दै जनहितमा यो सूचना जारी गरिएको छ ।

रोकथामका उपायहरुः
आफ्नो घर आगन वरपर पानी जम्ने भाडाकुडाहरु नराखौँ, त्यसमा पानी जम्न नदिऔं । (जस्तै गमला, फूलदानीहरु) घर वरपर समूदायमा पानी जम्ने खाल्डा खुल्डीहरु पुरौ ।

गाडीका टायरहरु थुपारेर राखेका ठाउँहरुमा लामो समय वर्षातको पानी जम्ने हुँदा त्यस्ता टायरहरुमा पानी जम्न नदिऔं, सफा गरौं ।

समूदाय स्तरमा रहेका पानी जम्ने पोखरीहरु सफा गरौं, सफा राखौ।

दिउसोको समयमा सत्दाखेरी पनि झुलको प्रयोग गरौ, बालबालिकाहरुलाई गर्न लगाऔं।

दिउसो समय विशेष गरि सांझपख खालि बाउला भएको कपडा लगाई घरबाहिर नवसौं,बालबालिकाहरुलाई बस्न नदिऔं ।

ज्वरो आउने, पेट दुखे, तारन्तार बान्ता हुने, आलस्य हुने, गिजा नाक बाट रगत आउने जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई परिक्षण एवं सल्लाह लिऔं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय