सरकारमा सहभागी हुन नेपाली कांग्रेसले ८ वटा मन्त्रालय दाबी गर्ने भएको छ।शनिबार दिउँसो सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकमा यसबारे ब्रिफिङ गरिएको हो।

उपसभापति पूर्णबहादुर खड्काले नयाँ मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट ८ वटा मन्त्रालय दाबी रहेको जानकारी गराएका थिए।कांग्रेस बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि ब्रिफिङ गरिएको थियो।

गठबन्धनभित्र कांग्रेसले ७ वटामात्र मन्त्रालय पाउने बताएपनि आफूहरुको दाबी ८ वटै मन्त्रालयमा रहने खडकाले बताए।सत्ताको नेतृत्व गरेको माओवादीले सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गरिसक्ने बताउँदा दलहरु आन्तरिक छलफलमा जुटेका छन्।

उपचुनावका लागि उम्मेदवार टुंगाउन कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक सोमबार बोलाउने भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय