नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिव श्रीकृष्ण श्रेष्ठले पार्टीका अध्यक्ष के पि शर्मा ओलि सङग आउदो निर्वाचनको क्षेत्र नम्बर ४ (२) मा प्रदेशसभा सदस्यको लागि उम्मेदवार बन्नको लागि इच्छा व्यक्त गरेका कुरा सार्बजनिक भएको छ

श्रेष्ठ सहित नगरकमिटी अध्यक्ष लगायत केही स्थानिय नेताहरुको साथमा केही साता पहिले बालकोट पुगेका थिए भने सो बेला नगर कमिटी सचिब श्रेष्ठले आफू प्रदेशसभाका लागि सक्षम उम्मेदवार रहेको र उम्मेदवारका लागि इच्छुक पनि रहेको भनी नेकपा एमाले अध्यक्ष ओलिको सामुन्ने व्यक्त गरेका थिए।

उक्त भेटमा श्रेष्ठले कुरा राखिसकेपछि अध्यक्ष ओलीले “समय आएपछी सम्झाउनु”  भनेको कुरा खुलाएक छन । सो भेटमा आफू बुढानिलकण्ठ नगरपालिका वडा १३ का निवर्तमान अध्यक्ष रहेको समेत जानकारी गराएको थियो र हाल निर्वाचनको मिति घोषणा सङ्गै तयारी थालेको बुझिएको छ।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुर्व उपसचिव रहेका श्रेष्ठ हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा परिचालन कमिटीका सचिवालय सदस्य तथा प्रचार प्रसार प्रमुख रहेर आफ्नो जिम्मेवारी पूरा गरि बूढानीलकण्ठ नगरपालिकामा निर्वाचनको नतिजा तुलनात्मक राम्रो समेत ल्याएको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय