नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। आसन्न ४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापालाई क्षेत्रीय कार्यसमिति बैठकले सर्वसम्मत सिफारिस गरेको हो।
शुक्रबार (१७ भदौ) बसेको बैठकले थापाको एकल नाम सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले बताएका हुन। गगन थापाको नाम एकल सिफारिस भएको छ,’ संगतले भने, ‘सिफारिस भएका नामहरु आज औपचारिक रुपमा जिल्ला समितिमा पठाउँछौं,’
समानुपातिकमा राजु श्रेष्ठ , कर्मा छिरिङ, ध्रुव थापा, सीता दाहाल, रोहित पौडेल, राजाराम कपाली, पुरुषोत्तम दाहालको नाम सिफारिस गरिएको पनि उनले जानकारी दिए। थापाको नाम कास्की १ बाट पनि सिफारिस भएको भएको थियो। उनले आफू काठमाडौं ४ बाटै उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।







