असोज २ काठमाडौ/बागमती अन्लाईन खबर

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० र ११ मा नेकपा (एस) निकट युवा संघ नेपालको बिस्तारीत भेला तथा काठमाडौ महानगरपालिका वडा २ को कमिटी गठन गर्न कार्यक्रम आयोजना भएको छ।

बुढानिलकण्ठमा भएको युवा बिस्तारित कार्यक्रम अन्तरगत एकसाथ उक्त नगरपालिकाको २ वटा वडाको युवा संघ नेपालको बु.न.पा-११ रोजन तामाङको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन तथा बु.न.पा-१० प्रशान्त खनालको नेतृत्वमा २५ सदस्यीय सहितको कमिटी बिस्तार भएको हो भने काठमाडौ महानगरपालिका वडा नम्बर २ मा उदय कंसाकारकाे नेतृत्वमा ३६ सदस्यीय सहितको वडा कमिटी गठन गरिएको हो।

काठमाडौ महानगर वडा २ कमिटी बिस्तार कार्यक्रम फोटो

काठमाडौ महानगर वडा २ कमिटी बिस्तार कार्यक्रम फोटो

बुढानिलकण्ठ युवा संघ बिस्तार कार्यक्रम फोटो

बुढानिलकण्ठ युवा संघ बिस्तार कार्यक्रम फोटो

काठमाडौ महानगर २ को कार्यक्रममा नेकपा एस का केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य जिबनराम श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियोे भने केन्द्रीय कमिटी सदस्य प्रभा बज्राचार्य, प्रदेश कमिटी सदस्य तथा महानगर संयोजक  रामेश्वर श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष तथा नेकपा (एस) बागमती प्रदेश सदस्य बालकृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा भएको।
त्यसै गरि बुढानिलकण्ठ वडा १० तथा ११ मा युवा बिस्तारित कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रदेस सभा सदस्य कुसुमकुमार कार्की तथा अतिथिमा युवा संघ नेपालका केन्द्रिय सदस्य मनोजकुमार श्रेष्ठ,दिपु बस्नेत,काठमाडौ क्षेत्र नम्बर ४ का पार्टी संयोजक धुर्बराज न्यौपाने,बुढानिलकण्ठ युवा संघ नगरकमिटी अध्यक्ष आकाश श्रेष्ठ उपाध्यक्ष बिशाल काफ्ले खत्री लगायत नेकपा एस वडा नम्बर १२ अध्यक्ष रामशरण शरण सापकोटा,रेणुका पराजुली अनेम संघ क्षेत्र ४,बिमल लामा नेकपा (एस) अध्यक्ष बुनपा ११,शुशिला भण्डारी केन्द्रिय सदस्य अनेम संघ लगायत निरन्जन नेपाल,धुर्बराज नेपाल,बिष्णु भट्टराई,मेघकुमार न्यौपाने,कपिल पौडेल,पुरुषौतम नेपाल,शिव श्रेष्ठ,केदार प्रसाद चौलागाईंको उपस्तिथिमा कार्यक्रम भब्य समापन गरिएको थियोे ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय