काठमाडौ क्षेत्र ५(ख) प्रदेशसभा सदस्य श्यामबहादुर खड्काद्वारा वन्यजन्तु शिकारको घटनाको विषयमा जारी गर्दै प्रेस विज्ञप्ती ।काठमाडौ क्षेत्र ५ (ख) प्रदेशसभा सदस्यमा हालै सप्पन्न निर्वाचनबाट निर्वाचित भएका श्यामबहादुर खडकाद्वारा वन्यजन्तु शिकारको घटनाको विषयलाई लिएर आफ्नो कुनै
संलग्नता नरहेको भन्दै प्रेस विज्ञप्ती जारी गरिएको हो ।
जारी गरिएको प्रेस विज्ञप्ती आफ्नो सामाजिक संजाल फेसबुक मार्फत उक्त विषयमा घटनाको यथार्थ जानकारी र अनुसन्धानमा समेत आफुले सो बिषय सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।श्याम बहादुर खडका नेपाली काङ्ग्रेसको तर्फबाट काठमाडौ क्षेत्र ५ (ख) निर्वाचित प्रदेशसभा सदस्य हुन ।जारी विज्ञप्तीमा निम्न ब्यहोरा उल्लेख्य गरिएको हो ।
मिति : २०७९ पुस १९
प्रेस विज्ञप्ती
पर्सा राष्ट्रिय निकुञ्जमा हालै भएको वन्यजन्तु शिकारको घटनामा मेरो समेत नाम जोडेर केहि संचार माध्यमहरुमा आएको समाचार प्रति मेरो गम्भिर ध्यानाकषण भएको छ । संचारमाध्यमहरुमा आए जस्तो उक्त घटनामा मेरो कुनै संलग्नता नरहेको प्रष्ट पार्न चाहन्छु ।पर्सा जिल्ला सखुवा प्रसौनी गाँउ पालिका वार्ड नं १ अकोनियामा मेरो कृषि फार्म रहेको र उक्त फार्म भित्र रहेको मेरो निजी निवासको शयन कक्षमा नेपाल सरकार, गृह मन्त्रालय बाट इजाजत प्राप्त एक थान हतियार र त्यसको इजाजत पत्र राखेको जानकारी गराउँदछु । संचार माध्यमहरुबाट चोरी शिकारमा मेरो उक्त हतियार प्रयोग भएको जानकारी पाएँ । घटना भएको समयमा म उक्त स्थानमा नभएकाले मेरो निजि निवासमा रहेको हतियार कसरी प्रयोग भयो भन्ने जानकारी प्राप्त गर्न सकेको छैन ।
घटनाका सम्बन्धमा आजको मिति सम्म मलाई कुनै पनि निकायले जानकारी गराएको वा सोधपुछ नगरेको स्पष्ट पार्न चाहन्छु ।म एउटा जिम्बेवार जन प्रतिनिधि भएकाले कानुनद्वारा निषेधित कुनै पनि क्रियाकलापमा संलग्न हुने कल्पना समेत गर्न सक्दिन । संचार माध्यमले एकपक्षिय ढंगवाट प्रेसित गरेको समाचारको खण्डन गर्न चाहन्छु ।
साथै घटनाको अनुशन्धान प्रक्रियामा पूर्ण साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
श्याम बहादुर खड्का, सदस्य
वाग्मती प्रदेश सभा
एवं क्षेत्रिय सभापति काठमाडौं क्षेत्र नं ५







