काठमाडौ खबरलाई बूढानीलकण्ठ नगरपालिकाका नेकपा एमाले अध्यक्षद्वारा धम्की दिएको खुलासा ।बूढानीलकण्ठ नगरपालिका किर्ते मतदाता विरुद्ध नियमित तथा लगातार जनतालाई समाचार सम्प्रेषण गरि सुचित गरिरहेको अन्लाईन मिडिया काठमाडौ खबरलाई नेकपा एमाले बूढानीलकण्ठ नगरकमिटी अध्यक्ष प्रदिप ड्ङ्गोलले धम्की दिएको खुलासा गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयमा पुगेकाे बुढानिलकण्ठ नगरपालिकाका मेयरसहितका जनप्रतिनिधिहरू बिराेध तथा धर्ना दिइरहेका छन् । बिराेध प्रदर्शन गरिरहेका एमालेले नियतवश मतदाताहरूलाइ पनि उजुरी गरेर मतदानबाट बन्चित गर्न खाेजेकाे भन्दै केही कार्यपालिका सदस्यकै पनि मतदाता खारेज हुन लागेकाे बताएकाे छ ।
जिल्ला निर्वाचन आयाेगमा आक्राेशपूर्ण तरिकाले पुगेका एमालेले काठमाडाैँ खबरलाइ पनि टार्गेट गरेकाे छ । जिल्ला निर्वाचन कार्यलयबाटै एमाले बुनपा अध्यक्ष प्रदीप डंगाेलले फाेन गरेर गलत सूचना प्रवाह गरिरहेकाले आफूले जे पनि गर्न सक्ने बताएका छन् । “हामी किर्तेकाे पक्षमा आएकाे हैनाैँ तर कार्यपालिका सदस्यकै मताधिकार खाेसिने अबस्थामा आएकाे आएकाे हाे” भन्दै डंगाेलले आक्राेशितरूपमा काठमाडाैँ खबर तथा यससम्बन्धित पत्रकारलाइ आफूलाइ हेरिरहेकाे बताएको कुरा समाचारमा उल्लेख गरिएको छ।







