असोज १७ काठमाडौ/बागमती अन्लाईन खबर आज मिति २०७८ साल असोज १६ गते शनिवारका दिन नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ काठमाडौ महानगरपालिका ७ वडा कमिटी गठन भएको छ। बिनु क्षेत्रीको अध्यक्षताम ४५ सदस्यीय सहितको वडा कमिटी गठन भयो।
काठमाडौ महानगरपालिका वडा न. ७ मित्रपार्क स्थित आ.बि. होमपाटी प्यालेसमा आयोजित कार्यक्रममा महिला दिदीबहिनीहरुको उपस्थित रहेको कार्यक्रमको अध्यक्षता अ.ने.म. संघ केन्द्रिय सदस्य एवम् काठमाडौ सह-इन्चार्ज तथा ७ न. वडाका वडा सदस्य निर्मला पुडासैनीको अध्यक्षतामा र नेकपा(एस) काठमाडौ जिल्ला कमिटीका सचिव एवम् बागमती प्रदेशका सभासद कुसुम कुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।उक्त कार्यक्रममा बागमति प्रदेश कमिटी सदस्य सीता ओझा, कामपा ७ वडा अध्यक्ष तथा जिल्ला सदस्य शुद्ध कुमार डंगोल तथा सदस्यहरु धुर्व प्रसाद न्यौपाने ,कृष्णप्रसाद घिमिरे, धरणिधर अधिकारी , राधा दाहाल,क्षेत्रिय उपाध्यक्ष ललितमान श्रेष्ठ, अनेम संघ क्षेत्रिय संयोजक रेनुका पराजुली,नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर सदस्य राजन गौतम, बिष्णु खतिवडा लगायत ७ वडा पार्टिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन नेकपा एकीकृत समाजवादी ७ वडा अध्यक्ष क. आशिष श्रेष्ठले गरेका थिए ।







