काठमाडौँ महानगरपालिका सहकारी विभागले सबै सहकारी संस्थाहरूलाई विवरण उपलब्ध गराउने भन्दै जानकारी गराएको छ।
काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ को दफा ५२ बमोजिम सहकारी विभागमा आर्थिक वर्ष २०८०/८१ समाप्त भएको तीन महिनाभित्र दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था भए अनुसार काठमाडौँ महानगरपालिकाका क्षेत्राधिकारमा रहेका सहकारी संस्थाहरुलाई अध्यावधिक विवरण पेश गर्न भन्दै अनुरोध गरेको छ ।
काठमाडौँ महानगरपालिकाको सहकारी विभागका अनुसार कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन वार्षिक कार्यक्रम निजी, योजना खुद बचत सम्बन्धी नीति , योजना, सञ्चालकको नाम बाकि कार्यवधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, सेयर सदस्य सङ्ख्या र सेयर पूँजी, कुल बचत तथा कर्जाको विवरण, सञ्चालक तथा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम, बचत फिर्ता माग गर्ने बचतकर्ताको विवरण लगायतका यावत प्रतिवेदनहरू पेश गर्न भन्दै काठमाडौँ महानगरभित्रको कार्यक्षेत्र रहेका सहकारीहरुलाई विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।







