काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद प्रशिक्षण सुरु गर्ने भएको छ। ‘रचनात्मक विद्यालय’ नामक योजना अन्तर्गत महानगरले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई १७ वटा खेल विधामा प्रशिक्षण दिन लागेको हो। क्रिकेट, भलिबल, फुटबल, बक्सिङ्, तेक्वान्दो, खो–खो, एथलेटिक्स, बास्केटबल, टेबुल टेनिस, कराँते, पौडी, कवर्दी, इ–स्पोर्टस्, जुडो, व्याटमिन्टन, चेस र उसुजस्ता खेलहरू समावेश गरिने छन्।

सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार १२ हजार १२१ विद्यार्थीहरूले प्रशिक्षणका लागि आवेदन दिन सक्नेछन्। कार्तिक मसान्तसम्म छनोट भएका विद्यार्थीहरूलाई मंसिर १ गतेदेखि तालिम दिन थालिनेछ। तालिम तीन महिनासम्म मंसिर, पुस र माघ महिनामा चल्नेछ, र माघको अन्तिम महिनामा प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको छ।

प्रशिक्षण सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी गराइने भए पनि प्रतियोगितामा संस्थागत विद्यालयका विद्यार्थीलाई पनि सहभागी गराइनेछ। तालिम चार समूहमा विभाजन गरिनेछ: जुनियर छात्र, जुनियर छात्रा, सिनियर छात्र, र सिनियर छात्रा। कक्षा १० का विद्यार्थीहरूलाई खेलकुदभन्दा एसईईको तयारीमा जोड दिन प्रोत्साहन गरिने पोखरेलले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय