काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन्। शनिवार भएको फाइनलमा गजमेरले तीन जनालाई पछि पार्दै टीम प्रमोदबाट उपाधि जितेका हु्न् । उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्।
त्यस्तै ,टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो ।







