गठबन्धन काठमाडौं ४ प्रदेशसभा २ का उम्मेदवार कुसुम कुमार कार्कीले आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गर्नुभएको छ ।
बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको कलम चुनाव चिन्हबाट उम्मेदवार बन्नु भएका कार्कीले कलममा भोट किन र केका लागि भन्ने कुरालाई आफ्ना प्रतिवद्धता पत्रमा सार्वजनिक गर्नु भएको छ ।
२०७४ सालमा प्रदेश सदस्य निर्वाचित भै काम गर्दा पुरा गर्न नसकेका कतिपय योजनाहरु आफूले गरेका अधुरा कामहरु पुरा गने दायित्व समेत आफ्नो भएको भन्दै गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आव्हान गर्नुभएको छ ।
चुनावी अभियानमा मत माग्दै जनताका घर आँगनमा पुग्दै उम्मेदवार कार्कीले आफ्ना भावी योजनाहरुको फेहरिस्त प्रतिवद्धता पत्र मार्फत सार्वजनिक गर्नुभएको छ ।








