असार १२ काठमाडौ । काठमाडौँ उपत्यकामा हैजा फैलियो सँगै यसबाट काठमाडौंबासीहरु त्रसित भएका छन् काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा यससम्बन्धी संक्रमण फैलिएको भने सँगै यसबारे ब्यापक छलफल हुन थालेको छ आखिर किन देखापरे त काठमाडौंमा हैजाको प्रकोप यसबारेमा हामि छलफल गर्नेछौं।

हैजा भनेको एकप्रकारको सूक्ष्म जीवाणु (भिब्रियो कोलेरि )बाट लाग्ने सरुवा रोग हो भने यसलाई पानीजन्य रोग पनि भनिन्छ। यो जीवाणु प्रदुषित पानी र खानाको माध्यम बाटो शरीरमा प्रवेश गर्दछ भने केही समयमा नै यसको लक्षण देखापर्दछ पहिलो अवस्थामा झाडापखाला तथा बान्ता शुरू हुन थाल्दछ र वाकवाकी लाग्ने जस्ता लक्षण देखा पर्दछ। शरीरमा पानीको कमि चाडो गराइ यस्ले शरीरलाई कमजोर पार्ने,थकान महसुस गरादछ भने शरीरमा पानीको कमि गराइ मृत्युसम्म हुन सक्दछ।

कसरि नियन्तण तथा रोकथाम गर्न सकिन्छ त ?
हेर्दा सामन्य लागेता पनि महत्त्वपूर्ण रहेको हुन्छ यी निम्न अनुसार सावधानी अपनाउन सकेको खण्डमा केही हदसम्म यो नियन्त्रण तथा रोकथाम हुनसक्दछ।

– सर्वप्रथमतः सरसफाइमा ध्यान दिने

– सुरक्षित खानेपानी मात्र प्रयोग गर्न

– फोहोरमेलाको व्यवस्थापन राम्रो गर्न

– ढलको राम्रो निकास दिने

– ब्यक्तिगत सरसफाइ ध्यान दिने

– शौचालयको प्रयोग पछि मज्जाले साबुन पानीले हात धुनु पर्दछ।

आदि यस रोगलाई रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ खानेपानीका मुहानहरु प्रदूषणरहित बनाउने सहरी क्षेत्रमा ढलको उचित प्रबन्ध गर्ने फोहोर मैलोलाई उचित व्यवस्थापन गर्नुपर्दछ अझ विशेषत वर्षायामको समयमा यो रोगको प्रकोप देखिने हुनाले विशेष सावधानी अपनाउनु पर्दछ व्यक्तिगत सरसफाइमा ध्यान दिने शौचालयको प्रयोग पछि सावन पानीले मज्जाले हात धुनु पर्दछ भने स्वच्छ र सफा खाना एवं खानीपानी लाई उमालेर पानी पिउने बानी गर्ने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय