माघ १ , बागमती अन्लाईन खबर / देशमा कोभिडको संक्रमण दरमा भएको वृद्धि सङगै सरकारले सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ । हिजो शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको छ।
सबै प्रकारका जुलुस, धर्ना र विरोध प्रदर्शनका कार्यक्रमले कोरोनाभाइरसको संक्रमण फैलिने भन्दै हिजो बसेको बैठकले त्यस्ता कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।
कोरोना संक्रमण बढ्न थालेपछि यसअघि नै काठमाडौं जिल्ला लगायत अन्य जिल्लामा समेत स्मार्त लकडाउन लागू गरिसकेको छ भने जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय पनि गरिसकेको छ ।







