जेठ ३०,काठमाडौ । साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ भने चाँदीको स्थिर छ। आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको  छ।

महासंघकाअनुसार अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय