चिनारी बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा २०८१ साल आश्विन महिनाको ५ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ अवस्थित उत्तर बाहिनी मन्दिर परिसरमा भव्य र सभ्य तरिकामा सम्पन्न भएको छ। सो कार्यक्रममा अध्यक्ष न्हुछे नारायण श्रेष्ठ (मिलन)को अध्यक्षतामा प्रमुख अतिथिका रूपमा नेप्सकुनको कोषाध्यक्ष दीपक थापा उपस्थित थिए। विशेष अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्ननी लामा र अन्य अतिथिहरूको सहभागिता उल्लेखनीय थियो।यस साधारण सभामा विभिन्न सहकारी संस्था, सामाजिक संस्था र सरोकारवाला प्रतिनिधिहरूको समेत भव्य उपस्थिति रहेको थियो। कार्यक्रमले संस्थाको प्रगति र आगामी योजनाबारे चर्चा गर्दै सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोकर्णेश्वर नगरपालिका वडा ४ मा अवस्थित, २०६६ साल जेष्ठ १३ गते स्थापना भएको हो। यस संस्थाको उद्देश्य सदस्यहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय विकासमा सहकारी सिद्धान्तहरू मार्फत सशक्त बनाउनु हो। संस्थाको सञ्चालन संरचना अत्यन्तै व्यवस्थित छ, जसमा न्हुछे नारायण श्रेष्ठ(मिलन) अध्यक्ष छन् भने शुभलक्ष्मी श्रेष्ठ उपाध्यक्ष, शिवहरी श्रेष्ठ सचिव, र श्यामकाजी श्रेष्ठ कोषाध्यक्षको जिम्मेवारीमा छन् भने सदस्यहरुमा सुर्यमाया श्रेष्ठ, रवि प्रसाद सिग्देल,पुरुषोत्तम श्रेष्ठ,रिता श्रेष्ठ र ज्ञानदास श्रेष्ठ संस्थामा सात जना सञ्चालक सदस्य र लेखा समितिमा ज्ञान लाल श्रेष्ठ,अस्मिता श्रेष्ठ,बिष्णु प्रसाद ज्ञवाली तीन जना सदस्यहरूले निगरानी गरिरहेका छन्। संस्थाको कार्यकारी अधिकृतमा प्रेमलाल श्रेष्ठ रहेका छन।

संस्थाले आफ्नो सदस्यहरूको आर्थिक सहभागिता सुनिश्चित गर्नका लागि विभिन्न नीतिहरू अवलम्बन गरेको छ। यसमा बचत नीति, ऋण नीति, लघुवित्त नीति, मानव संसाधन व्यवस्थापन नीति लगायतका नीतिहरू समावेश छन्। संस्थाले आफ्नो सदस्यहरूलाई नियमित बचत गर्न, उत्पादनमूलक र स्वरोजगारमूलक कार्यहरूमा सहभागी गराउन सक्रियतापूर्वक काम गर्दै आएको छ। संस्थाले सदस्यहरूलाई बीमा, मोबाइल बैंकिङ, एप सेवा जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ। संस्थाको प्रमुख परियोजनामा हाटबजार सञ्चालन पनि पर्दछ, जहाँ सदस्यहरूले आफ्नो उत्पादनहरु बिक्री गर्न पाउँछन्। यसले संस्थाका सदस्यहरूको आर्थिक स्थिति सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। साथै, संस्थाले युवा स्वरोजगार र लघुवित्त कार्यक्रमलाई पनि थप सशक्त बनाउँदै सदस्यहरूको आर्थिक सशक्तिकरणमा ध्यान केन्द्रित गरेको छ।

संस्थाको भिजन भनेको स्तरीय सेवासहितको दिगो वित्तीय सहकारी संस्था निर्माण गर्नु हो। यस भिजन प्राप्त गर्न, संस्थाले सदस्यहरूको सिप, स्रोत र पूँजीलाई एकीकृत गरी आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको छ। संस्थाले आफ्नो सुरुवाती दिनदेखि हालसम्म २६१४ सदस्यहरूको संख्यामा वृद्धि गरेको छ।

चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लेखा सुपरिवेक्षण समितिले आर्थिक वर्ष २०८१/८१ का लागि प्रस्तुत गरेको प्रतिवेदनले अघिल्लो साधारण सभामा गरिएको निर्णयहरूको कार्यान्वयनको विस्तृत विवरण प्रस्तुत गरेको छ। समितिका संयोजक ज्ञानलाल श्रेष्ठले प्रतिवेदनमा सञ्चालक समितिको बैठकहरूको सङ्ख्या, तिनमा भएका निर्णयहरू, र ती निर्णयहरूको कार्यान्वयनको अवस्था समावेश गरिएको थियो।

प्रतिवेदनमा ऋण लगानी प्रक्रियाको बारेमा विशेष रूपमा उल्लेख गरिएको छ, जहाँ धितो सम्बन्धी व्यवस्थाको सन्दर्भमा सहकारीले लागू गरेको मापदण्डहरूको पूर्ण पालना गरिएको थियो। लेखा समितिले अनुगमन गर्दै आवश्यक निर्देशनहरू प्रदान गरेको, र तिनलाई कार्यान्वयन गरिएको समेत प्रतिवेदनमा उल्लेख छ।

साथै, प्रतिवेदनमा पदाधिकारीहरूको पारिश्रमिक, भत्ता, तथा सुविधाहरूको विवरण पनि समावेश गरिएको थियो। लेखा समितिले अघिल्लो आर्थिक वर्षका लागि दिएको धेरैजसो सुझावहरू कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै, यस वर्ष पनि सुझावहरूको आधारमा सुधारका प्रयासहरू जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको छ।

साधारणसभाको भिडियोको लागि यहाँ किल्क गर्नुहोस्…।

https://youtu.be/gerleTNj4AA?si=VUv3CFT4lvFHUAiB

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय