पौष ५ /चिलीमा रहेको विपक्षी पार्टीका नेता ग्याब्रियल बोरिस राष्ट्रपतिमा निर्वाचित भएका छन् । दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरी ३५ बर्षका युवा बोरिस विजयी भएका हुन् ।

३५ वर्षीय बोरिस चिलीको इतिहासमा नै अहिलेसम्मका कान्छा राष्ट्रपति हुनेछन् । त्यस्तै, उनी विश्वमै कान्छो नेतामध्ये एक हुनेछन् भने युवाहरु यसरी राजनीतिको नेतृत्वतहमा आउदा उनी प्रेरणाका श्रोतका रुपमा पनि अहिले परिभाषित गरिरहेका छ्न।

चिलिमा देशव्यापी रूपमा सरकारविरोधी प्रदर्शन भइरहेको पृष्ठभूमिमा राष्ट्रपति निर्वाचन सम्पन्न भएको अवस्था रहेकोे छ।उनी पुर्बविद्यार्थी नेता समेत रहेका छन बोरिसले देशमा असमानताविरुद्ध सरकारविरोधी आमप्रदर्शन र सन् २०१९ तथा सन् २०२० भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गरेको हुन भनी जनाएका पनि थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय