साउन,१४ बुढानिलकण्ठ / नेवारी समुदायको जहाँ बसोबास हुन्छ त्यहा अनिबार्य नेवारी पोखरी ( पुखु) हुन्छ । यसको नेवारी समुदायमा धार्मिक तथा सास्कृतिक विशेष महत्व रहने गर्दछ।बुढानिलकण्ठ नगरपालिका अन्तर्गत रहेको चुनिखेल बास्तबमा नै धार्मिक तथा सास्कृतिकमा धनी र महत्व बोकेको प्राचीन बस्ती रहेको वडा हो। त्यसैले पनि यस वडामा मुर्त र अमुर्त धार्मिक तथा सास्कृतिक सम्पदा संरक्षण गर्न चुनिखेलबासी सजग र सचेत रहेको अनुभव गर्न सक्छौ ।

“नेवा समुदाय जहाँ नेवा पुखु त्यहा” यही भनाइ लाई आत्मसात गर्दै चुनिखेलका यूवासमाजसेबी हरुले धार्मिक तथा सास्कृतिक सम्पदा संरक्षण अभियान नै चलाएको छ ।

नेवा:पुखु निर्माण अघि ।

चुनिखेलका युवा समाजसेवि टिकेस नारायण श्रेष्ठ जस्ले धार्मिक तथा सास्कृतिक अभियानमा विभिन्न आर्थिक सहयोगमा र स्वयमको पनि विशेष पहलमा प्राचीन महत्त्व बोकेका धार्मिक तथा सास्कृतिक धरोहर संरक्षण अभियानकर्ता उर्जाशिल भएर लागेको पाइन्छ। उहाँ आँफैले २ लाख ५० हजार रकमको अक्षयकोष खडा गरि टुसाल नेवा:पोखरी निर्माण सम्पन्न गरे, १ लाख ११ हजार १ सय ११ रकम राखेर ऎतिहासिक प्रथम चुनिखेल नेवा:द्वार (ध्वाका) निर्माण सम्पन्न गरेका थिए ।
धार्मिक तथा सास्कृतिक सम्पदा संरक्षण अभियानकर्ता टिकेस नारायण श्रेष्ठको पहलमा निर्माण भएको नेवा पोखरी (पुखु) निर्माणका क्रममा सास्कृतिक सम्पदा संरक्षण गर्न नेवारी समुदायको पहिचान बोकेको सम्पदा विभिन्न ब्यक्तिहरुले आर्थिक सहयोग पनि गरेको थियो।जसमा :-
१) जापानका दिदिबहिनी दाजुभाइको टोली बाट, नानीमाया श्रेष्ठ ४० हजार ।
२) समाजसेबि सन्तभाइ श्रेष्ठ बाट ५० हजार ।
३) नारायणदास श्रेष्ठ बाट ५० हजार ।
४) आशिष श्रेष्ठ बाट २५ हजार ।
५) सुजन श्रेष्ठ बाट १० हजार ।
६) सानु भाई श्रेष्ठ बाट १० हजार ।
नेवाहरुको पहिचान बोकेको पुखु निर्माण गर्न आर्थिक सहयोग जुटाउदै उक्त पोखरी निर्माण सम्पन्न भएको थियोे ।

नेवा:पुखु निर्माण पछि ।

चुनिखेलको पुरानो प्राचिन बस्ती चुनिखेल करुणामायी मन्दिरको मुर्ती अवलोकन गर्दा राष्ट्रिय पुरात्त्व बिभाग बाट लिच्छबिकालिन समयको मुर्ती हो भनेर प्रमाणित समेत गरेको छ । यसबाट पनि अनुमान लगाउन सकिन्छ चुनिखेल बास्तबमा कति प्राचीन बसोबास रहेको वडा हो भनी जसका कारणले पनि चुनिखेल लिच्छबिकालिन बसोबास भएको प्राचिनबस्तीको रुपमा पहिचान बोकेको हामीले लिन सक्छौ भनी धार्मिक तथा सास्कृतिक संरक्षण अभियानकर्ता टिकेस नारायण श्रेष्ठले जानकारी गराएको हो।

चुनिखेल भित्र रहेको टुपेक स्थितको गणेश मन्दिर, गाम्चाको नौलिन भद्रकाली मन्दिर,टुसालको रिखेश्वोर धाम र बुढानिलकण्ठ नगरपालिका कै दोश्रो ठुलो कदको मुर्ती टुसालकरुणामय मन्दिरले अझै यो ठाउँलाई प्राचिनबस्ती नेवारीबस्ती भनेर यथेष्ट मुर्त प्रमाणले प्रमाणित् गराउछ।यस्तो प्राचीन बस्तीहरुमा केही एतिहासिक पुरानो संरचनात्मक झल्को दिने स्वरुप चुनिखेलकै प्रथम नेवा:द्वार (ध्वाका) पनि सास्कृतिक अभियानकर्ताले नेवा:द्वार निर्माण सुरुगरे र पछि स्थानिय वडा बाट र संसद योजना अन्तर्गत आर्थिक सहयोग प्राप्त पछि नेवा:द्वार (ध्वाका) निर्माण पनि सम्पन्न गरिएको थियोे।

नेवा:ध्वाखा

समग्रमा चुनिखेल बुढानिलकण्ठ नगरपालिकाको सास्कृतिक तथा धार्मिक दुष्टिले धनी र महत्व बोकेको प्राचीन सभ्यताको प्रतिकको रूपमा रहेकोले पनि यस्ता संरचनाको संरक्षणको सबैजना मिलेर जोगाउनु दायित्व पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय