फिल्म ‘२.० छड्के’ ले आफूलाई ‘जिरो’ बनाइदिएको बताएका छन् स्टार अनमोल केसिले आफ्नो मुख्य भूमिका रहेको फिल्म फ्लप भएपछि केसीले आफू शून्यमा पुगेको बताएका हुन् ।

कलाकार केसिले आफू नवौं फिल्ममा आएर चुक्न पुगेको स्वीकारेका छन् । ‘अब नवौँपछिको दसौँ सिनेमा दसपछिको शून्य हटेपछि बन्ने ‘एक’ अर्थात आज म शून्यमा छु र मेरो करिअरको पहिलो सिनेमा मेरो दसौँ सिनेमा हुने छ अर्थात मेरो करिअरको दोस्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुने छ’, सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

आफूले २.० छड्के मार्फत दर्शकहरूलाई निराश बनाएको उनले बताएका छन् । ‘२.० छड्के मेरो नवौँ सिनेमा थियो, नवौँ सिनेमामा आइपुग्दा म झनै परिपक्व हुनुपर्थ्यो । यहाँनेर म चुक्न पुगेँ’, उनको भनाइ छ ।

दसौं फिल्मलाई आफूले करिअरको दोस्रो सत्रका रूपमा लिएको र त्यो हिट हुने उनको दाबी छ । ‘विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ, घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ, म भोलिको सुनौला बिहानी मेरा दर्शकसँग साट्ने छु । दुखेका घाउहरूमा मल्हम लगाउने छु । मेरो करिअरको दोस्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुने छ । जबसम्म शुभचिन्तक र दर्शकहरूके साथ र सहयोग रहिरहने छ मेरो कोसिस निरन्तर जारी रहने छ’, अनमोलले लेखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय