काठमाडौं, १५ भदौ । झापा, मेचीनगर नगरपालिका-६ स्थित सडकमा मे१ ह ६२५९ नम्बरको सिटी सफारीको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका(७ पालिया बस्ने ६० वर्षीय वीर बहादुर अधिकारीको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलावारीमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, कमला नगरपालिका(२ सरावे चोकमा हाल नम्बर नखुलेको मोटरसाइकल
अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका(४ सघरा बस्ने ४५ वर्षीया भुली देवी मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय