नेकपा (एमाले) नेता तथा पूर्व मन्त्री मोहन बानियाँ जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् । उनलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

आज राती करिब ८ बजे काठमाडौबाट फर्कदै गर्दा नेपालगन्जमा पक्राउ परेका हुन् । नेपालगञ्जको एक होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । जबर्जस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय