वैदेशिक रोजगारको सिलसिलामा जापान पठाइदिने भन्दै ठगि गर्ने व्यक्तिहरू पक्राउ गरेको छ ।
खोटाङ जिल्ला बस्ने टेक प्रसाद गौतम र काठमाडौ महानगरपालिका वडा नम्बर २९ बाट राज कुमार गुरुङ लाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु भनी ठगी गरेको आरोपमा गौतम पक्राउ परेको हो ।
काठमाडौ उपत्यका अपराध अनुसन्धानले जारी गरिएको बिज्ञप्ति अनुसार टेक प्रसाद गौतमले वैदेशिक रोजगारको लागि जापान पठाउने भन्दै दुई लाख सतरी हजार ठगी गर्ने जिल्ला खोटाङ साकेला गा.पा वडा नं. १ स्थाई घर भई हाल का.जि.का.म.न.पा वडा नं. २९ घट्टेकुलो बस्ने वर्ष ४५ को राज कुमार गुरुङ समेतलाई का.जि.का.म.न.पा. वडा नं.२९ घट्टेकुलोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको हो ।







