बुढानिलकण्ठ नगरपालिका र सिन्धुपाल्चोक जेसिजको संयुक्त स्थापना र पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। जेसिज बुढानिलकण्ठ नगरपालिका २०२२ का लागि प्रदिप धमला अध्यक्षमा निर्वाचित भएका छ्न। बुढानिलकण्ठ जेसीज वर्ष २०२१ का अध्यक्ष लिपासा श्रेष्ठले वर्ष २०२२ का अध्यक्षका लागि प्रदिप धमलालाई पद हस्तान्तरण गरेका हुन् । बुढानिलकण्ठ जेसीजको केही समयअघि निर्वाचन प्रक्रियाबाट अध्यक्षमा प्रदिप धमला निर्वाचित भएका हुन ।

जेसिजमा आबद्ध भइ सामाजिक हितका लागि युवाहरुको क्रियाकलाप अहम भुमिका हुने गर्दछ भने स्वयंम युवाहरुको क्षमता र ब्यक्तित्व विकासमा जेसीजले पनि महत्वपुर्ण भुमिका खेलेको हुन्छ। जेसिज बाट युवाहरु एकआपसमा गोलबद्ध एवम् एकजुट भइ समाज कल्याणका लागि सेतु नै मान्नु पर्छ किनकी वास्तवमा जेसीजजस्तो विशुद्ध सामाजिक संस्थामा आवद्ध हुन सबै युवाहरुलाई सामाजिक पहिचान बनाउनका लागि अवसर पनि हो ।

 

जेसीजमा युवाहरुको आवद्धता बढाउन बुढानिलकण्ठ नगरपालिकाका युवाहरु लाई जोडिन नवनियुक्त धमलाले आह्वान पनि गरेका छन ।साथै स्थानिय सरकार सङग सहकार्य गरेर सामाजिक गतिविधिमा अग्रसर भएर लागि अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।त्यसैगरि उक्त कार्यक्रमको प्रमुख अतिथिमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले पनि बुढानिलकण्ठ नगरपालिकामा जेसिजले आफ्नो क्रियाकलाप बढाएकोमा आफू खुसि भएको र वर्तमान समयमा वडा प्रमुख भैरहदा आफ्नो तर्फबाट चाहिने सहयोग हरदम रहने र थप युवाहरुलाई जेसिजमा आवद्ध हुन समेत भनी आफ्नो मन्तव्य राखेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय