आज बिहान सवा सात बजे महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस मुग्लिङ-नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित घुमाउनेमा दुर्घटनामा परेको छ।
प्रारम्भिक जानकारीअनुसार, बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको र यसका कारण १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, सडक किनारमा लगाइएको बारले बसलाई त्रिशूली नदीमा खस्नबाट जोगाएको छ।
घाइतेलाई उपचारका लागि तत्काल भरतपुर ल्याइएको छ। प्रहरीले दुर्घटनाको कारण र थप विवरण अनुसन्धान गरिरहेको छ।







