बिगत लामो समयदेखि टर्कीमा बसोबास गर्दै आइरहेका नेपाली मुलका गैरआवासिय नेपाली डा.बिनोद कुमार साहलाई बेस्ट डाक्टर २०२३ अवार्डबाट स्वास्थ एव सामाजिक क्षेत्रमा टेवा पुर्याएको भन्दै टर्कि सरकारद्वारा सम्मान गरिएको छ ।

टर्की सरकारले उक्त मुलुकमा विभिन्न क्षेत्र अन्तरगत टेवा पुर्याएका ब्यक्तिहरुलाइ सरकारले सम्मान गरेको हो सोही क्रममा सामाजिक क्षेत्र र विशेषत स्वास्थ क्षेत्रमा टेवा पुर्याए बापत टर्की सरकारले नेपालि मुलका डा.बिनोद कुमार साहलाइ सम्मान गरेको हो ।

सन २०२० को सरकारको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयको एमबिबिएस छात्रवृत्ति मार्फत टर्कि अध्यन गर्न पुगेको साह लामो समयदेखी सोही देशमा बसि स्वास्थ तथा सामाजिक क्षेत्रमा आफुले योगदान पुर्याउदै आएका छन भने डा. साह टर्की नेपाल मैत्री संस्कृति संघका संस्थापक समेत हुन उक्त संस्थाले टर्किमा भुकम्प जादा नेपालिहरुको तर्फबाट सबैभन्दा पहिला भुकम्पग्रस्त क्षेत्रमा राहत सामाग्री पुर्याएको थियोे ।

टर्की सरकारबाट सम्मान स्वरुप पुरस्कार ग्रहण गरेका डा . बिनोद कुमार साहको नेतृत्वमा हालपनि विभिन्न माध्यमहरु बाट टर्कि पुगेका नेपालीहरुलाई बिभिन्न समस्याहरु पर्दा समेत कुटनैतिक निकायहरूमा समन्वय गरि सहयोग गरिरहेका नेपालीहरु माझ परिचीत ब्यक्तिको रुपमा रहेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय