राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।बुधबार बिहान ९ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको हो।

पार्टीबाट समानुपातिकतर्फ सांसद रहेका ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच कुराकानीको अडिओ सार्वजनिक भएपछि रास्वपाले अनुशासन समितिमार्फत् छानबिन गरिरहेको छ।

श्रेष्ठलाई सांसद र पार्टीका जिम्मेवारीबाट निलम्बन गरेर रास्वपाले छानबिन गरिरहेको हो।श्रेष्ठसँग रास्वपाको अनुशासन समितिले अडिओ प्रकरणबारे मंगलबार बयानसमेत लिइसकेको छ।२ करोड मागेको अडिओ श्रेष्ठकै रहेको पुष्टि भए रास्वपाले सांसद र पार्टीको साधारण सदस्यबाट हटाउन सकिने बताएको छ।

मेडिकल व्यवसायी प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडिओ आफ्नो नभएको दाबी बयानका क्रममा श्रेष्ठले गरेका छन्। उनले अडिओ एडिट गरिएको दाबीसमेत गरेका थिए।

श्रेष्ठसँग सोधपुछ गरेर अनुशासन समिति प्रमुख भरतमणि देवकोटाले प्रतिवेदन पार्टीमा बुझाइसकेका छन्। उक्त प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरी आवश्यक निर्णय लिने तयारीमा रास्वपा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय