उपरोक्त सम्बन्धमा यस तारकेश्वर नगरपालिका वडा नं. ९ भित्र स्थायी रुपमा बसोबास गर्ने मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराईरहनुभएका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघात जस्ता विरामीहरुलाई औषधी उपचार वापतब मासिक खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधी २०७८ नेपाल सरकारबाट मिति २०७८/१२/१३ मा स्वीकृत भएको हुँदा उक्त कार्यविधी बमोजिम औषधी उपचार खर्चको लागि बिरामीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, नाबालकको हकमा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी, चिकित्सकको सिफारिस र मेरुदण्ड पक्षघातको हकमा अपाङ्गता (रातो/निलो) कार्डको फोटोकपि सहित यस वडा कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ । साथै चिकित्सकको सिफारिस अनुसूची १ र निवेदन अनुसूची-२ को ढाँचा बमोजिम वडा कार्यालयले उपलब्ध गराउने व्यहोरा समेत जानकारी गराईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय