तेस्रो स्थानका लागि अफ्रिकी मुलुक मोरक्को र क्रोएसिया आज आमनेसामने हुँदैछन् ।कतार विश्वकपको तेस्रो स्थानका लागि अफ्रिकी मुलुक मोरक्को र क्रोएसिया आज आमनेसामने हुँदैछन् । यो खेल नेपाली समयअुनसार राति ८ : ४५ बजे खालिफा रंगशालामा हुनेछ ।

जारी प्रतियोगितामा यी दुई टिम दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । क्रोएसिया र मोरक्कोबीच समूह चरणमा भएको भेटमा कुनै गोल भएको थिएन ।

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले मोरक्कोविरुद्ध यो खेल निकै चुनौतीपूर्ण हुने बताएका छन् । मोरक्को सेमिफाइनलसम्म आइपुग्दा फरक र बलियो भएको बताएका छन् । मोरक्को अनपेक्षित रुपमा सेमिफाइनलमा पुग्दै फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी र अरबी मुलुकको कीर्तिमान बनाएको थियो ।

सेमिफाइनल पुग्दासम्म कुनै पनि टिमले मोरेक्कोविरुद्ध गोल गर्न सकेका थिएनन् । सेमिफाइनलमा भने साविक विजेता फ्रान्ससँग हारेपछि मोरक्को फाइनल पुग्नबाट रोकिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय