निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। मन्त्रिपरिषद् बैठकले बिहीबार मंसिर ४ गते एकै चरणमा निर्वाचन घोषणा गरेको थियो।

शुक्रबार बसेको आयोगको बैठकले साउन २२ देखि ३१ गतेसम्म दल दर्ता गर्ने समय तोकेको छ। अहिलेसम्म आयोगमा दर्ता भएका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्ने भएकाले आह्वान गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनमा आयोगमा ११६ दल दर्ता छन्। उनीहरूसहित नयाँ दल खोल्न चाहनेहरुले आगामी निर्वाचनका लागि पुनः दर्ता गर्नुपर्नेछ। आयोगमा दर्ता भएका दलले मात्रै चुनावमा भाग लिन पाउनेछन्।  ‘मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि आयोगमा मिति २०७९।४।१९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ बमोजिम सम्वत् २०७९ साल श्रावण २२ गते देखि २०७९ साल श्रावण ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौं स्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ’, सूचनामा भनिकएको छ,’ निवेदनको ढाँचा आयोगको वेब–साइटबाट डाउनलोड गर्न वा आयोगको सचिवालयबाट प्राप्त गर्न सकिनेछ।’

द्ल दर्तालागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र यी शर्तहरु पूरा गर्ने प्रतिवद्धता जनाएको पत्र समेत निवेदनसाथ संलग्न हुनुपर्ने र आयोगबाट स्वीकृत रुजुसूची (चेकलिष्ट) भरी प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरी पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय