काठमाडौं – चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष दिनेश डिसीले आफ्नो पदभार ग्रहण गरेका छन्। सोमवार एक विशेष समारोहबीच डिसीले बोर्डको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन्।

पदभार ग्रहण गर्दै अध्यक्ष डिसीले नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनका लागि आफू प्रतिबद्ध रहेको बताए। उनले चलचित्र उद्योगको गुणस्तर सुधार, नीतिगत सुधार, र अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको पहिचान स्थापित गर्ने लक्ष्य राखेको उल्लेख गरे।

डिसीले चलचित्रकर्मी र बोर्डबीच सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गरे। पदभार ग्रहण समारोहमा चलचित्र क्षेत्रका प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो, जसले डिसीको नियुक्तिलाई सकारात्मक संकेतको रूपमा लिएका छन्।

डिसीले आफ्नो कार्यकालमा नयाँ योजनाहरूको कार्यान्वयन गर्दै नेपाली चलचित्र उद्योगलाई थप उचाइमा पुर्‍याउने प्रयास गर्ने बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय