अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताएका छन्। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा पौडेलले यसबारेमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन्।
धितोपत्र बोर्डमा अध्यक्षको पद लामो समयदेखि खाली रहँदा यसले विभिन्न कार्यमा अवरोध उत्पन्न गरेको उनले उल्लेख गरे। अर्थमन्त्री पौडेलले शेयर बजारको विकास र पारदर्शिताका लागि बोर्डको नेतृत्व द्रुत रूपमा नियुक्त गर्ने प्रतिवद्धता जनाएका छन्।
उद्योगी, व्यापारी, र लगानीकर्ताहरूले धितोपत्र बोर्डको नेतृत्व अभावले शेयर बजारमा नकारात्मक प्रभाव पारेको गुनासो गरिरहेका बेला पौडेलको यो धारणा सार्वजनिक भएको हो।







