नेकपा एकीकृत समाजवादीले नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णयमाथि जनताको नीजि सम्पत्ती अधिकारको गम्भीर उल्लंघन भएको निष्कर्ष निकालेको छ। यस विषयमा पार्टीले जनताका पक्षमा कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पार्टीले पीडित जनतासँग छलफल गर्ने र यसको विरुद्ध आवश्यक दबाबमूलक कार्यक्रमको तयारी गर्ने बताएको छ। अध्यक्ष माधव नेपालले आज उपत्यकाका नेताहरूसँगको बैठकमा यो निर्देशन दिएका हुन्। बैठकमा अध्यक्ष नेपालले सम्बन्धित कमिटीहरुलाई तत्काल पीडितहरूसँग संवाद गर्न र जनतामा पार्टीको धारणा पुर्याउन आवश्यक पहल गर्न निर्देशन दिए।

यस निर्णयको विरुद्ध काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका अध्यक्ष हरिकृष्ण थापा र श्याम बस्नेतको नेतृत्वमा भएको छलफलपछि, पार्टीले जनताको हितका लागि कानुनी र अन्य प्रकारका संघर्षलाई अघि बढाउने योजना तयार गरेको छ।

कार्यक्रममा अध्यक्ष माधव नेपालसँगै उपाध्यक्ष राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, र महासचिव घनश्याम भुसालको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय