भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीले गरिसकेको कामको रकम भुक्तानी गर्नुपर्ने बताउनु भएको छ।

शनिबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले गत आर्थिक वर्षको बाँकी रहेको रकम मात्रै दिन सकेपनि अर्ततन्त्र चलायमान हुने र त्यसका लागि मन्त्रालय लागि परेको बताउनु भएको हो।

‘भुक्तानीका विषयमा हामी आफै भुक्तमान व्यहोरिरहेका छौं। हामी आफै माग्ने पक्ष जस्तो भएका छौं। सरकारको एउटा पार्टनर भएपनि त्यहाँ धेरै माग्नुपर्ने र लाग्नुपर्ने, लडिरहनुपर्ने, भनिरहनुपर्ने छ’ उहाँले भन्नुभयो, ‘अघिल्लो आर्थिक वर्षको रकम जुनसुकै अवस्थामा पनि जुनसुकै विकल्प रोजेर भएपनि त्यसलाई भुक्तानी दिनुपर्छ। त्यसो भयो भने फाइदा हुन्छ। अर्थतन्त्र चलायमान हुन्छ।’

अहिले अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्था भने नरहेको मन्त्री ज्वालाले दाबी गर्नुभयो। ‘जसरी भयावह छ सक, एकदम आकाश नै खस्न थाल्यो, धर्ती नै डुब्न थाल्यो। घाँटी घाँटी नै अठ्याउन थाल्यो कि भन्ने अवस्था अलि होइन। त्यति धेरै निराशा बाँड्न पनि हुँदैन। साह्रै ठूलो अफ्ठ्यारोमा परेका छैनौं, उहाँले भन्नुभयो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय