आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन कार्यतालिका तयार भएको छ आयोगबाट स्वीकृत भएको कार्यतालिकाअनुसार असोज 23 मा उम्मेदवारी दर्ता गर्ने रहेको छ।

निर्वाचन आयोगबाट स्वीकृति भएको कार्यतालिका प्रत्यक्ष तर्फ र समानुपातिक यस प्रकार रहेको छ। समानुपातिकतर्फ साउन ३० कार्यालय स्थापना, भदौ १ मा कार्यक्रम संचालन भदौ २० मा मतपत्र छपाइ सुरु असोज २ र ३ मा बन्दसूची पेश, कार्तिक २७ मतपत्र दुवानी मंसिर १ मा प्रचारप्रसारमा रोक, मंसिर ४ मा मतदान हुने र मतदान समय बिहान ७ बजेदेखि साझ ५ बजेसम्म रहेको छ।

त्यसैगरी प्रत्यक्षतर्फ २५ मा कार्यक्रम सञ्चालन असोज ११ मा निर्वाचन अधिकृत नियुक्त, असोज २१ मा कार्यलय स्थापना असोज २३ मा उम्मेदवारी दर्ता असोज २८ देखि कार्तिक २५ सम्म मतपत्र छपाई, कार्तिक १६ मा मतदान सामग्री ढुवानी कार्तिक २७ मा मतपत्र दुवानी मंसिर १ मा प्रचारप्रसारमा रोक लगाउने र मंसिर ४ मा मतदान हुने छ भने मतदानको समय बिहान ७ बजेदेखि ५ बजेसम्म तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय