काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञालाई अझै एक साता थप गरिने भएको छ।

आइतबार काठमाडौं जिल्ला प्रशासन प्रमुख कालिप्रसाद पराजुली लगायत ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार ७ सम्म निषेधाज्ञा जारी नै राख्ने निर्णय गरेका हुन्।

निषेधाज्ञा पूरा नहट्ने तर केही खुकुलो बनाइने भएको छ। विकास निर्माणका काम गर्न हाडवेयर पसल बेलुकी ४ बजे पछि खोल्न पाउने र कृषिका कामलाई केही सहज बनाइने भएको छ। खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ। भने नया शैक्षिकसत्र शुरु हुन लागेको ले पुस्तक पसल लाई पनि बिहान ११ बजे खुल्न दिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय