झापा, विर्तामोड – नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कार्यालय सभा हलमा संविधान दिवसको उपलक्ष्यमा भव्य कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान सम्पन्न भएको छ। कार्यक्रममा झापा जिल्ला कमिटीका संयोजक प्रतिक राजवंशीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो, जसमा कार्यविभाजनसहित महत्वपूर्ण निर्णयहरू लिइएको थियोे।

बैठकलाई मिरा प्रधानले सञ्चालन गरेकी थिइन्। बैठकले झापा जिल्लामा पार्टीको रणनीति र कार्यविभाजनलाई अघि बढाउनका लागि विभिन्न निर्णयहरू गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कार्यालयको अर्को बैठकको अध्यक्षता वेदराज रेग्मीले गरेका थिए। बैठकमा नवनियुक्त केन्द्रीय कमिटीका सदस्यहरू पुष्पराज पोखरेल, निलमनी वराल, चन्द्रा श्रेष्ठ, र सविता भेटवालको उपस्थितिमा विभिन्न निर्णयहरू पारित गरिएको हो म

बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूलाई बधाई दिनुका साथै उनीहरूको कार्यकाल सफलताको  शुभकामना व्यक्त गरेको थियोे। साथै आज भएको उक्त कार्यक्रमले आउदो असोज ८ गते जिल्ला कमिटीको अर्को बैठक आयोजना गरिने निर्णय पनि गरिएको छ, जसमा आजका निर्णयहरू अनुमोदन गरी कार्यान्वयनमा लगिनेछ भनी बैठकमा सम्बोधन गरिएको थियोे ।

कार्यक्रममा पार्टीका नेताहरूले आगामी दिनमा पार्टीको सफलताका लागि सहकार्य र प्रतिबद्धताको आवश्यकतामा जोड दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय