पौष १६ काठमाडौ / नेकपा एकीकृत समाजवादी पार्टीसँग नेकपा मसालसँग सम्बद्ध राष्ट्रिय जागरण परिषदको बीचमा एकता हुने भएको छ ।यही पुस १६ गते एक कार्यक्रमका बीच नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता हुने भएको हो । पार्टी एकताबारे मंगलबार काठमाडौंमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संग  राष्ट्रिय जागरण परिषदको समाहित हुनेबारे छलफल समेत भएको थियो ।

नेकपा एकीकृत समाजवादीले निरन्तर साना राजनैतिक दलहरु लाई एकता गर्दै लगेको छ यसअघि नेकपा (जनवादी) सँग पुस १३ गते एक कार्यक्रम आयोजना गरी नेकपा (एस)ले पार्टी एकता घोषणा गरेको थियो ।

सो एकता कार्यक्रममा नेकपा जनवादी पार्टी नेतृत्व गरिरहेका देवेन्द्रसिंह महता लगायतका नेताहरू लाई  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल द्वारा  टिका खादा लगाएर स्वागत गरेका थिए।२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय